नेयमार सवार निजी विमान ब्राजिलमा आपत्कालीन अवतरण

Posted on: 22 Jun, 2022

असार ८, ब्राजिल | एजेन्सी | पेरिस सेन्ट जर्मेनका स्टार नेयमार सवार निजी विमान ब्राजिलमा आपत्कालीन अवतरण गर्न बाध्य बनेको छ । यद्यपि नेयमार भने सकूशल रहेका छन् ।  एजेन्सीले एक विज्ञप्ति जारी गर्‍यो जसमा यस्तो लेखिएको थियो: "एथलीट नेमार जुनियर, उनकी बहिनी राफेला सान्तोस र ब्रुना बियानकार्डी यात्रा गरिरहेका एनआर स्पोर्ट्स विमानको विन्डशील्ड वाइपरमा सानो समस्या देखिएको छ । जसले गर्दा विमानलाई भेनेजुएलासँगको सीमा नजिकै रहेको बोआ भिस्टामा अवतरण गर्नुपरेको थियो । विमानमा देखिएको समस्या ठीक गर्न दुई घण्टा समय लागेको थियो । नेयमार आफ्नो बहिनी रफेला सान्तोस र पार्टनर ब्रुना बियानकार्डीसँग छुट्टी मनाइरहेका थिए । उनीहरुले गत हप्ता लास भेगास र मियामीमा समय बिताएका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!