रोनाल्डिन्होसँग खेल्न पाउनु भाग्यशाली कुरा हो : रोहित चन्द

Posted on: 03 Jul, 2022

असार १९, काठमाडौँ | नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर रोहित चन्दले ब्राजिलियन लेजेन्ड फुटबलर रोनाल्डिन्होसँग खेल्न पाउनु अद्भुत र भाग्यशाली कुरा भएको बताएका छन् । 


आइतबार सामाजिक संजालमा रोनाल्डिन्होसँग खेलेपछिको अनुभव साट्दै अनुभवी खेलाडी रोहितले 'जादू' हेर्दै आएको रोनाल्डिन्होसँग खेल्नु भाग्यशाली कुरो भएको बताए ।

हाल इन्डोनेसियन शीर्ष डिभिजन लिग क्लब पेर्सिक केडेरीमा अनुबन्ध भएका रोहितले गत साता रोनाडिन्हो सम्मिलित टिमसँग ‘ट्रोफियो रोनाल्डिन्हो’ नामको मैत्रीपूर्ण खेल खेलेका थिए । 

‘रोनाल्डिन्होसँग खेल्न मैदानमा उत्रन पाउनु अद्भुत अनुभव थियो,’ रोहितले लेखेका छन् । ‘मैले कहिल्यै यो हुनेछ भन्ने सोचेको थिइन । मेरा लागि, जसले सानैदेखि रोनाल्डिन्होको जादु हेर्दै आएको थिए । उसैसँग खेल्न पाउनु निकै ठूलो अनुभव र भाग्यशाली कुरा हो ।’

उक्त खेलमा नेपाली टिमका मिडफिल्डर रोहित पनि केडेरीबाट पहिलो रोजाईमा रोनाल्डिन्होको टिम रेन्स नुसनतारासँग खेलेका थिए । खेलमा रोहितको टिम पेनाल्टी सुटआउटमा ४–२ ले विजयी भयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!