गाब्रियल जिसस र आर्सनलबीच पाँच वर्षको सम्झौता

Posted on: 04 Jul, 2022

असार २०, काठमाडौं | इंग्लिस क्लब आर्सनलले २५ वर्षीय ब्राजिलियन स्ट्राइकर गाब्रियल जिससलाई पाँच वर्षका लागि अनुबन्ध गरेको छ ।

आर्सनलले सोमबार जिससलाई इंग्लिस प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीबाट पाँच वर्षको लागि अनुबन्ध गरेको जनाएको छ । 


९ नम्बर जर्सीमा देखिने जेसिसले सन् २०२७ सम्म आर्सनलमा रहने छन् । जिसस सन् २०१६ मा पाल्मीरासबाट सिटी अनुबन्ध भएका थिए । सिटीका लागि जिससले १५९ प्रिमियर लिगमा ५८ गोल गरेका छन् । 

सिटीमा रहँदा जिससले  प्रिमियर लिग, एफए कप, ईएफएल कप र कम्युनिटी शिल्ड जितेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!