एसिया कप क्रिकेट यूएईमा हुने

Posted on: 28 Jul, 2022

साउन १२, काठमाडौं | श्रीलंकामा हुने भनिएको एसीसी एसिया कप क्रिकेट २०२२ प्रतियोगिता संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना हुने भएको छ ।

एसियन क्रिकेट काउन्सिल (एसीसी) श्रीलंकामा आर्थिक संकट र नागरिकको आन्दोलनको कारण एसियन कप यूएईमा स्थानान्तरण गरेको हो ।

टी-२० फर्म्याटमा आयोजना हुने एसिया कप निर्धारित समय (अगस्ट २७ देखि सेप्टेम्बर ११ सम्म) मै हुने एसीसीले जनाएको छ ।

एसिया कपमा  साबिक विजेता भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तानले सहभागी जनाउनेछन ।  यस्तै,  छनोट प्रतियोगिताबाट  १ राष्ट्र  गरि ६ टिम सहभागी हुनेछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!