महिला साफ : नेपालको समूहमा भुटान र श्रीलंका

Posted on: 30 Jul, 2022

साउन १४, काठमाडौं | घरेलु मैदानमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलमा नेपाल सहज समूहमा परेको छ । 

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार समूह बिभाजन गर्दा नेपाल समूह बी मा रहेको हो । यस समूहमा नेपालसहित श्रीलंका र भुटान छन् । 

यस्तै,, समूह एु मा साबिक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान छन् ।

२१ भदौदेखि ३ असोजमा दशरथ रंगशालामा हुने प्रतियोगितामा सात देशको सहभागिता रहनेछ ।

साफ च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक कुमार थापाले ५८ महिला खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!