आज नेपाल र भारतबीच खेल हुँदै

Posted on: 31 Jul, 2022

साउन १५, काठमाडौँ । भारतको भुबनेश्वरमा भइरहेको साफ यू-२० च्याम्पियनसिपमा नेपाल र घरेलु टोली भारतसँग फुटबल खेल हुँदैछ । खेल कालिंगा स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ७ बजे सुरु हुनेछ ।

नेपालले यसअघि दुई खेल अपराजित यात्रामा छ भने भारतले आफ्ना दुई खेलमा एक खेल जितेको छ । आजको खेलमा नेपालले भारतलाई पराजित गर्न सके लगातार तेस्रो खेल जित्दै फाइनल पुग्नेछ ।

नेपालले यसअघि माल्दिभ्सलाई ४-० र श्रीलंकालाई ३-० ले पराजित गरेको थियो । त्यस्तै भारत पहिलो खेलमा बंगलादेशसँग २-१ ले पराजित भएको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ४-० ले पराजित गरेको थियो ।

यो पटकको साफ यू-२० च्याम्पियनसिपमा पाँच राष्ट्र सहभागी छन् । सहभागी टोलीले एकआपसमा खेलेपछि धेरै अंक जोड्ने दुई टोलीले फाइनल खेल खेल्नेछन् ।

तीन खेल जित्दै ९ अंक जोडेको बंगलादेश शीर्ष स्थानमा छ र फाइनल नजिक छ भने दुई खेलबाट ६ अंक जोडेर नेपाल दोस्रो स्थानमा छ । त्यस्तै भारत दुई खेलबाट ३ अंकसहित तेस्रो स्थानमा छ । 

त्यस्तै आज माल्दिभ्स र श्रीलंकाबीच सवा ४ बजे खेल हुँदैछ । माल्दिभ्स र श्रीलंकाले लगातार दुई खेल हारेर अंकबिहिन छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!