रोनाल्डो सम्मिलित युनाइटेड रोकियो

Posted on: 01 Aug, 2022

साउन १६, काठमाडौं ।  प्रि-सिजन अन्तर्गत मैत्रीपूर्ण खेलमा क्रीस्टियानो रोनाल्डो सम्मीलित  म्यानचेस्टर  युनाईटेड आइतबार राति स्पेनिस क्लब  रायो भालेकानोसँग १-१ गोलको बराबरीमा रोकिएको छ । 

युनाइटेडले घरेलु मैदान ओल्ड ट्राफोर्डमा १-० को अग्रता जोगाउन नसक्दा बराबर खेल्न बाध्य भयो । 

 खेलको ४८ औं मिनेटमा अमाद डियालोले गोल गर्दै अग्रता दिलाए । तर, खेलको ५७ औं मिनेटमा अल्भारो गार्सियाले गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याए ।

यस बराबरीसँगै युनाईटेडको प्रि-सिजन तयारी सकिएको छ । क्लब छाड्ने मन गरेको रोनाल्डो भने अन्तिम खेलमा उपलब्ध भएका थिए । क्लबको कमजोर प्रदर्शनसंगै रोनाल्डो  युनाइटेड छोड्ने मनसायमा थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!