नेपाली दुई कबड्डी खेलाडी भारतीय क्लबमा अनुबन्ध

Posted on: 07 Aug, 2022

साउन २२, काठमाडौँ | नेपाली राष्ट्रिय कबड्डी टिमका सदस्यद्वय नागेश्वर थारु र लालमोहर यादवले भारतको फ्रेन्चाइज कबड्डी  ‘प्रो-कबड्डी’ खेल्ने भएका छन् । 


प्रतियोगिताको आउँदो सिजनका लागि दुवै खेलाडीले बेंगलुरु बुल्सबाट खेल्ने भएका हुन् । उनीहरूलाई बेंगलुरुले १० लाख भारुमा अनुबन्ध गरेको हो । दुवै नेपाली खेलाडी प्रतियोगिताको अक्सनको ‘सी’ श्रेणीमा थिए ।

लालले यसअघि पनि बेंगलुरुबाटै प्रतियोगिता खेलेका थिए । लालबाहेक नेपालका सञ्जय श्रेष्ठले पनि प्रतियोगिता खेलेका छन् । सञ्जयले पनि बेंगलोरबाटै प्रतियोगिता खेलेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!