सन्दीप लामिछानेलाई नेपाल झिकाउन इन्टरपोल गुहार्ने तयारीमा प्रहरी

Posted on: 18 Sep, 2022

असोज २, काठमाडौँ | क्रिकेटर सन्दीप लामिछाने नेपाल नफर्किएपछि प्रहरीले अन्तर्राष्ट्रिय संगठन इन्टरपोलसँग समन्वय गर्ने भएको छ ।

एक १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका लामिछाने क्यारेवियन प्रिमियर लिग खेल्न वेष्ट इन्डिज गएका थिए । लामिछाने जमैकामै रहेका बेला २१ भदौमा काठमाडौं प्रहरीमा बलात्कारको उजुरी परेको थियो ।


तर, लामिछाने अझै नेपाल फर्किएका छैनन् । काठमाडौं प्रहरीले उनी नेपाल नफर्किएपछि इन्टरपोलसँग समन्वय गरेर नेपाल ल्याउने तयारी गरेको जनाएको छ । लामिछाने नेपाल आउँछन् कि भन्ने हामीले सोचेका थियौं । तर, अहिलेसम्म नेपाल नफर्किएपछि हामीले इन्टरपोलमार्फत समन्वय गर्ने प्रक्रिया अगाडि बढाएका छौँ,’ काठमाडौं प्रहरी परिसरका एक अधिकारीले भने ।

हाललाई प्रहरीले इन्टरपोलमार्फत लामिछानेविरुद्ध डिफ्युजन नोटिस मात्रै जारी गर्न लागेको हो । अदालती प्रक्रिया नसकिँदै इन्टरपोलले कुनै व्यक्तिविरुद्ध रेड नोटिस भने जारी गर्दैन । लामिछानेविरुद्ध ती नाबालिकाले ५ भदौमा पिङ्गलास्थानस्थित काठमाडौं होटल इनमा राखेर बलात्कार गरेको उजुरी दिएकी छिन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!