मेस्सीको गोलमा पिएसजीको जित

Posted on: 19 Sep, 2022

असोज ३, काठमाडौँ | स्टार खेलाडी लियोनेल मेस्सीको निर्णायक गोलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा आइतबार राति लियोनलाई १-० ले पराजित गरेको छ ।

 लियोनको मैदानमा पाँचौ मिनेटमा मेस्सीको गोलबाट पिएसजीले अग्रता बनाएको थियो । ब्राजिलियन स्टार खेलाडी नेयमारले बक्स भित्रबाट दिएको पासलाई मेस्सीले उत्कृष्ट गोल गरेका थिए ।

जितसँगै पिएसजी ८ खेलबाट २२ अंक जोडेर शीर्ष स्थानमा छ । पराजित लियोन १३ अंक जोडेर ६ औं स्थानमा छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!