इङल्यान्डमाथि तीन रनको जितसहित पाकिस्तानद्वारा टी-२० शृंखलामा २-२ को बराबरी

Posted on: 26 Sep, 2022

असोज १०, काठमाडौं । इङल्यान्डमाथि तीन रनको जितसहित पाकिस्तानले सात खेलको टी-२० शृंखलामा २-२ को बराबरी गरेको छ । एक सय ६६ रनको लक्ष्य पछ्याएको इङल्यान्ड १९.२ ओभरमा एक सय ६३ रनमा सीमित भयो ।

इङल्यान्डका लियाम डसन र ह्यारी ब्रुकले समान ३४ रनको योगदान गरे । त्यस्तै बेन डकलेडले ३३ र कप्तान मोइन अलीले २९ रन जोडे । पाकिस्तानका मोहम्मद नवाज र ह्यारिस रौफले समान तीन तथा मोहम्मद हासनैनले दुई र मोहम्मद वासिमले एक विकेट लिए ।

यसअघि राष्ट्रिय रंगशालामा टस हारेर ब्याटिङका लागि आएको पाकिस्तानले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय ६७ रनको योगफल खडा गरेको थियो ।


पाकिस्तानका ओपनर मोहम्मद रिजवानले सर्वाधिक ८८ रन बनाए । उनले ६७ बलमा नौ चौका र एक छक्का प्रहार गरे । कुनै समय १२ ओभरमा एक विकेट गुमाएर ९७ रन बनाएको पाकिस्तानले सोही अनुरुपको फिनिसिङ गर्न भने सकेन ।

कप्तान बाबर आजम ३६ रनमा आउट भए । यसबाहेक, टिमको खातामा सान मसुदले २१ र आसिफ अलिले तीन बलमा १३ रन थपे । इङ्ल्यान्डका रिसे टोप्लेले दुई विकेट लिए । यस्तै, लियम डव्सन र डेविड विलीले एक विकेट लिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!