फ्रान्स स्तब्ध, क्रोयसिया फाइनल चरणमा

Posted on: 26 Sep, 2022

असोज १०, काठमाडौं | डेनमार्कले आइतबार युइएफए नेसन्स लिगमा  फ्रान्सलाई २-० ले स्तब्ध बनाएको छ । यद्यपि डेनमार्कले शीर्ष स्थानमा बस्दै फाइनल प्रवेश गर्ने अवसर भने गुमाएको छ ।

पहिलो हाफमा कास्पर डोल्बर्ग र आन्द्रियास स्कोभ ओस्लेनको गोलमा डेनमार्कले फ्रान्समाथि २-० को अग्रता लिदै फाइनल प्रवेशको सम्भावना बलियो पारेको थियो । 

तर, लिग ए ग्रुप १ को अर्को खेलमा क्रोएसिया अस्ट्रियाविरुद्ध ३-१ को जित निकालेसँगै डेनमार्कको फाइनल प्रवेशको बाटो बन्द भएको थियो । 

क्रोएसियाले ६ खेलमा १३ अंकसहित शीर्ष स्थानमा बस्दै आगामी वर्ष जुनमा हुने फाइनलमा स्थान बनायो । दोस्रो स्थानको डेनमार्कको भने १२ अंक रह्यो । तेस्रो स्थानको फ्रान्सको पाँच र चौथो स्थानको अस्ट्रियाको चार अंक रह्यो ।

डेनमार्कविरुद्धको हारले रेलिगेशनको संघारमा पुगे पनि अस्ट्रियाले क्रोएसियालाई नतिजा सुम्पिएसँगै फ्रान्स लिग बी मा घटुवा हुनबाट जोगिएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!