आर्मीको जितमा नवयुग, भरत र जर्जप्रिन्सको गोल

Posted on: 14 Oct, 2022

असोज २८, काठमाडौं | नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा शुक्रबार त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई ४-१ ले पराजित गर्दै विजयी सुरुआत गरेको छ ।

पोखराको गोस्टेघाट खेल मैदानमा आर्मीको जितमा जर्ज प्रिन्स कार्की, भरत खवास, दिनेश हेन्जन र नवयुग श्रेष्ठले एक एक गोल गरे । लुम्बिनीका चेतन थारुले एक गोल फर्काए ।

बिहीबारबाट सुरु फुटबलमा एनआरएनए र बागमतीले विजयी सुरुआत गरिसकेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!