नेयमारको गोलमा पिएसजीको जित

Posted on: 18 Oct, 2022

कात्तिक १, काठमाडौं | नेयमारको निर्णायक गोलमा पेरिस सेन्ड जर्मेन पिएसजीले आइबार राति फ्रेन्च लिग वानमा ओलम्पिक डी मार्सलीलाई १–० ले पराजित गरेको छ । 

१० खेलाडीमा सिमित मार्सिलीलाई हराउँन नेयमारले पहिलो हाफको इन्जुरी समयमा एकेलिन एम्बाप्पेको पास सदुपयोग गरे । 

खेलको ७२औं मिनेटमा मार्सली दश खेलाडीमा सिमित भएको थियो । सामुयल गिगोले सिधै रातो कार्डको सामना गरेका थिए । यस खेलमा स्टार खेलाडी लियोनल मेस्सीले चोटपछि पुनरागमन गरेपनि गोलविहिन रहे । 

जितसँगै पिएसजी ११ खेलबाट २९ अंक जोड्दै शीर्षस्थानमा छ । पराजित मार्सली समान खेलबाट २३ अंक सहित चौथो स्थानमा छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!