एड्रियन रबिओट चम्किँदा युभेन्ट्सको सानदार जित

Posted on: 22 Oct, 2022

कात्तिक ५, काठमाडौँ | युभेन्ट्सले इटालियन सिरि 'ए' फुटबलमा सानदार जित निकालेको छ । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा युभेन्ट्सले इम्पोलीलाई ४–० गोलले हरायो ।

युभेन्ट्सको जितमा एड्रियन रबिओटले दुई तथा मोइस किन र वेस्टन म्याकिनीले एक एक गोल गरे। खेलको आठौं मिनेटमा मोइस किनक गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । म्याकिनीले ५६औं मिनेटमा गोल गर्दै युभेन्ट्सलाई २-0 को अग्रता दिलाए।

८२औं मिनेटमा रबिओटले गोल गर्दै टोलीको अग्रता थप बलियो ३-0 को बन्यो | इन्जुरी समयमा रबिओटले लगातार दोस्रो गोल थप्दै युभेन्ट्सलाई फराकिलो जित दिलाए। जितसँगै युभेन्ट्स सातौं स्थानमा उक्लिएको छ ।

युभेन्ट्सले ११ खेलबाट १९ अंक बनाएको छ । पराजित इम्पोली ११ अंकसहित ११औं नै स्थानमा छ । शीर्षस्थानमा रहेको नापोलीको २६ तथा दोस्रो स्थानमा रहेको एटलान्टाको २४ अंक छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!