आयरल्यान्डमाथि श्रीलंकाको सहज जित

Posted on: 23 Oct, 2022

कात्तिक ६, काठमाडौँ | आईसीसी टी–ट्वान्टी विश्वकप अन्तर्गत सुपर १२ को पहिलो खेलमा श्रीलंका आयरल्यान्डमाथि सहज जित निकालेको छ । आइतबार भएको खेलमा श्रीलंकाले आयरल्यान्डलाई ९ विकेटले हराएको हो । ब्लन्डस्टोन एरिनामा आयरल्यान्डले दिएको १२९ रनको लक्ष्य पाएको श्रीलंकाले एक विकेट मात्र गुमाएर १५ ओभरमा १ सय ३३ रन बनायो ।

श्रीलंकाको जितमा कुशल मेन्डिसले ६८ रनको अर्धशतकीय पारी खेले । ४३ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै धनन्जय डि सिल्भाले ३१ रन बनाए । अर्का नटआउट ब्याटर चरिथ असलन्काले पनि ३१ रनको नै योगदान दिए । आयरल्यान्डका लागि गराथ डेलानीले एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनाएको थियो ।

आयरल्यान्डका लागि ह्यारी टेक्टोरले सर्वाधिक ४५ रनको योगदान गरे । श्रीलंकाका लागि महेशा थेक्षाना, वानिन्दु हर्शरंगाले दुई –दुई विकेट लिए । जितसँगै समूह २ मा रहेको श्रीलंकाले १ खेलबाट २ अंक जोडेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!