एथलेटिकविरुद्ध बार्सिलोनाको सानदार जित

Posted on: 24 Oct, 2022

कात्तिक ७, काठमाडौँ | स्पेनिस ला लिगा फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले एथलेटिक बिल्वाओलाई ४-० ले पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन औसमाने डेम्बेले, सर्जियो रोबार्टो, रोबार्टो लेवान्डोस्की र फेरान टोरेसले एक एक गोल गरे । 

बार्सिलोनाले पहिलो हाफमा तीन गोल गरेको र दोस्रो हाफमा एक मात्रै  गोल गरेको थियो । 

जितसँगै बार्सिलोना ११ खेलबाट २८ अंक सहित दोस्रो स्थानमा छ । समान खेलबाट शीर्षमा रहेको रियलको ३१ अंक छ । पराजित एथलेटिक १८ अंक जोडेर छ्रैटौं स्थानमा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!