छुरा प्रहारबाट डिफेन्डर मारी घाइते

Posted on: 28 Oct, 2022

कात्तिक ११, काठमाडौँ । एजेन्सी । आर्सनलका डिफेन्डर पाब्लो मारी छुरा प्रहारबाट घाइते भएका छन् । इटालीको मिलान शहर नजिकको एक सुपरमार्केटमा उनीमाथि छुरा प्रहार भएको हो । 

एक व्यक्तिले अन्धाधुन्ध छुरा प्रहार गर्दा मारीसहित अन्य ५ जना घाइते भएको बीबीसीले जनाएको छ । सुपर मार्केटको क्यासियरको भने मृत्यु भएको बताइएको छ । मारीलाई अस्पताल लगिएको छ ।

२९ वर्षीय डिफेन्डर इटालियन क्लब मोन्जाबाट लोनमा खेलिरहेका छन् । उनको अवस्था सामान्य हुँदै आएको अस्पताल स्रोतलाई उदृत गर्दै बीबीसीले जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!