श्रीलंकामाथि न्युजिल्यान्डको सहज जित

Posted on: 29 Oct, 2022

कात्तिक १२, काठमाडौँ | आइसिसी टी–२० विश्वकप क्रिकेटको सुपर १२ मा न्युजिल्यान्डले श्रीलङ्कामाथि सानदार जित निकालेको छ । सिड्नी क्रिकेट मैदानमा शनिबार भएको खेलमा न्युजिल्यान्डले श्रीलङ्कालाई ६५ रनले हरायो । 

जितका लागि न्युजिल्यान्डले दिएको १ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको श्रीलङ्का १९.२ ओभरमा अल आउट भइ एक सय दुई रनमा समेटियो । श्रीलङ्काका लागि कप्तान दसन सनाकाले ३५ रन र भानुका राजापाक्षेले ३४ रन बनाए ।

अन्य ब्याट्सम्यानले दोहोरो अङ्कको रन बनाउन सकेनन् । बलिङमा न्युजिल्यान्डका ट्रेन्ट बोल्टले चार विकेट लिए । मिचेल सान्टनेरले दुई तथा टिम साउथी, लोकेइ फर्गुसन र इश सोधीले एक एक विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ६७ रन बनाएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!