लेस्टर सिटीविरुद्ध म्यानचेस्टर सिटीको सानदार जित

Posted on: 29 Oct, 2022

कात्तिक १२, काठमाडौं | प्रिमियर लिग फुटबलमा शनिवार भएको खेलमा म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई १-० ले पराजित गरेको छ ।

केभिन डे ब्रुएनाले गरेको एक मात्र गोल निर्णायक बन्दा सिटीले लेस्टरको मैदानमा जित निकालेको हो । डे ब्रुएनाले खेलको ४९ औ मिनेटमा गोल गरेका थिए ।

जितपछि १२ खेलबाट २९ अंक जोडेको सिटी आर्सनललाई पछि पार्दै शीर्ष स्थानमा उक्लेको छ । एक खेल कम खेलेको आर्सनल २८ अंकसहित दोस्रो स्थानमा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!