फरेस्टलाई हराउँदै आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा

Posted on: 31 Oct, 2022

कात्तिक १४,  काठमाडौँ | इंग्लिस प्रिमियर लिग फुटबलमा आइतबार राति भएको खेलमा आर्सनलले  नटिङघम फरेस्टलाई ५-० ले पराजित गरेको छ |

आर्सनलको जितमा रेइस नेल्सनले दुई गोल गरे । यस बाहेक गाब्रियल मार्टिनेली, थोमस पार्टी र मार्टिन ओडेगार्डले एक–एक गोल थपे । 

पहिलो हाफमा दुई गोल गरेको आर्सनलले दोस्रो हाफमा थप तीन गोल गरेको थियो । खेलसँगै आर्सनलले म्यानचेस्टर सिटीलाई उछिनेको छ । जितसंगै आर्सनल १२ खेलबाट ३१ अंक जोडेको छ । पराजित फरेस्ट ९ अंक जोडेर पुछारमा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!