भिक्टोरिया प्लेजेनविरुद्ध बार्सिलोनाको सानदार जित

Posted on: 02 Nov, 2022

कात्तिक १६, काठमाडौँ | च्याम्पियन्स लिगमा बार्सिलोनाले भिक्टोरिया प्लेजेनमाथि ४–२ को रोमाञ्चक जीत हासिल गरेको छ । प्रतियोगिताको समूह चरणबाटै बाहिरिसकेको बार्साका लागि मार्कोस अलोन्सोले खेलको छैटौँ मिनेटमा नै गोल गरेका थिए ।

पहिलो हाफको अन्त्यतिर जोर्डी अल्बाको पासमा फेरान टोरेसले दोस्रो गोल गर्दा टोलीको अग्रता दोब्बर बनाए । तर, दोस्रो हाफको सुरुवातमा नै टोमस चोर्यीले पेनाल्टीबाट भिक्टोरियाका लागि गोल फर्काए ।


तीन मिनेटपछि नै टोरेसले गोल गर्दै बार्सालाई पुनः दुई गोलको अग्रता दिलाए । ६३ औँ मिनेटमा चोर्यीले दोस्रो गोल गर्दै भिक्टोरियालाई खेलमा फर्काउने प्रयास गरे । तर ७५ औँ मिनेटमा पाब्लो टोरेले गोल गर्दै बार्सिलोनाको जीत सुनिश्चित गरे ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!