युभेन्ट्सलाई हराउँदै पिएसजी समूह उपविजेता

Posted on: 03 Nov, 2022

कात्तिक १७, काठमाडौँ | फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले च्याम्पियन्स लिगको फुटबलको समूह चरणको अन्तिम खेलमा इटालियन क्लब युभेन्ट्समाथि जित निकालेको छ । घरेलु टोली युभेन्ट्समाथि २–१ गोलको जित निकालेको पीएसजी समूहको उप–विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।


बुधबार राति भएको खेलमा पीएसजीलाई जित दिलाउन केलियन एम्बाप्पे र नुनो मेन्डिसले एक–एक गोल गरे । एब्बाप्पेको गोलमा भने स्टार खेलाडी लियोनल मेस्सीको असिस्ट रहेको थियो। उता युभेन्ट्सका लागि लेनाद्रो बुनिकीले एक गोल गरे ।  जितसँगै पीएसजी ६ खेलबाट १४ अंक जोडेर समूहको दोस्रो स्थानमा रह्यो । ३ अंक जोडेको युभेन्ट्स यसअघि नै बाहिरि सकेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!