यूएईविरुद्ध आसिफको अर्धशतक, जितका लागि २१ ओभरमा ६० रन आवश्यक

Posted on: 18 Nov, 2022

मंसिर २, काठमाडौँ | यूएईविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेलमा एक सय ७७ रनको लक्ष्य पछ्याइरहेको नेपालका लागि ओपनर आसिफ शेखले अर्धशतक बनाएका छन्।

त्रिवि क्रिकेट मैदानमा नेपालका लागि ओपनिङमा आएका आफिले ७९ बलमा सात चौकासहित अर्धशतक पूरा गरेका हुन्।

यूएईविरुद्ध आसिफको अर्धशतक – Nepal Press

पूर्व कप्तान ज्ञानेन्द्र मल्लसँग दोस्रो विकेटका लागि ८८ रनको साझेदारी गर्दै आसिफले इनिङको पहिलो अर्धशतक बनाएका हुन्।

नेपालले २९ ओभरको खेल सकिँदा एक विकेट गुमाएर एक सय १७ रन बनाएको छ। नेपाललाई जितका लागि २१ ओभरमा ६० रन आवश्यक छ।

पहिलो खेलमा ८४ रनले पराजित भएको नेपालले दोस्रो खेलमा तीन विकेटको जित निकालेको थियो। आजको खेलमा जित निकाले घरेलु मैदानमा नेपाल विजयी हुनेछ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!