१७ वर्षीय आयन सर्वोत्कृष्ट खेलाडी

Posted on: 18 Nov, 2022

मंसिर २, काठमाडौँ | युएईका १७ वर्षीय युवा अलराउन्डर आयन अफ्जल खान नेपालसँग तीन ओडिआई खेलमा प्लेयर अफ द सिरिज (सर्वोत्कृष्ट) खेलाडी चुनिएका छन् ।

युएईले तीन खेलको सिरिज १–२ ले गुमाएपनि आयनले सानदार अलराउन्ड प्रदर्शनका साथ सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् । आयनले सर्वोत्कृष्ट खेलाडी वापत ५० हजार रुपैयाँ प्राप्त गरेका छन् । अफ्जल खानले तीन खेलमा ८४ रन बनाउनुको साथै पाँच विकेट लिँदै सानदार प्रदर्शन गरे ।


पहिलो खेलमा नेपालविरुद्ध नै ओडिआईमा डेब्यू गरेका आयनले २६ रन बनाउँदै ४ विकेट लिएका थिए । युएईलाई ८४ रनको जित दिलाउन आयनले १० ओभरमा ४ मेडन राख्दै १४ रन खर्चेर ४ विकेट लिँदै यादगार प्रदर्शन गरेका थिए । दोस्रो खेलमा आयनले दुई रन बनउँदा ३३ रन खर्चेका थिए ।

तेस्रो खेलमा आयन खानले ५४ रनको अविजित इनिङ खेले । एक समय ९३–९ को दयनीय अवस्थामा पुगेको युएईलाई १ सय ७६ रन सम्म पुर्याउन आफ्नो करिअरको पहिलो अर्धशतक प्रहार गरेका थिए । आयनले एक विकेट लिए । अथोडक्स स्पिनर आयनले तीनै खेलमा प्रभावशाली प्रदर्शन गरेका थिए ।

युएई पहिलो खेलमा ८४ रनले विजयी हुँदै सिरिजमा सानदार सुरुवात गरेको थियो । तर त्यसपछि तीन विकेट र ६ विकेटले पराजित हुँदै सिरिज गुमायो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!