फ्रेन्च स्ट्राइकर करिम बेन्जेमा विश्वकपबाट बाहिर

Posted on: 20 Nov, 2022

मङ्सिर ४, काठमाडौं | फ्रेन्च स्ट्राइकर करिम बेन्जेमा २०२२ फिफा विश्वकपबाट बाहिर भएका छन्। प्रशिक्षणका दौरान उनको खुट्टामा चोट लागेपछि  विश्वकप गुमाउने पक्का भएको हो।

बेन्जेमाले २०२२ को बालोन डि ओर विजेतालाई गुमाउँदै साबिक विजेता फ्रान्सलाई प्रतियोगिताको सुरुमा नै ठुलो झट्का लागेको छ ।

फ्रान्स राष्ट्रिय टोलीले घाइते भएको र प्रतियोगितामा बेन्जेमा नदेखिने बताएको छ। ‘बेन्जेमाको खवरले टोलीलाई पक्कै दुखद् बनाएको छ। उनको सिघ्रस्वास्थ्य लाभको कामना गर्दछौं,’भनिएको छ।

फ्रान्सको राष्ट्रिय टोलीले उनको खुट्टाको फिलाको मांशपेसीमा चोट लागेको र उनलाई निको हुन तीन हप्ता लाग्ने जानकारी दिएको छ । फ्रान्सले यसअघि पाउल पोग्बा र एनगोलो कान्टेलाई गुमाइसकेको छ भने राफायल भरान पनि चोटबाट मुक्त हुन संघर्षरत छन् । 

विश्वकपमा फ्रान्स समूह डी मा रहेका छ। फ्रान्सले २२ नाभेम्बरमा अस्ट्रेलिया, २६ नोभेम्बरमा डेनमार्क र ३० नोभेम्बरमा ट्युनिसियासँग खेल्नेछ।

मुख्य प्रशिक्षक डिडिअर डेसच्याम्पसले सोमबार नै बेन्जेमाको स्थानमा खेलाडी परिवर्तन गर्ने बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!