विश्वकप नेपालमा मोबाइलबाट हेर्न नमिल्ने

Posted on: 20 Nov, 2022

मङ्सिर ४, काठमाडौं | विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता फिफा विश्वकप कतारमा आज देखि सुरु हुँदैछ । हरेक चार वर्षमा विश्वकप आउँदा सधैं ठूलो उत्साह हुन्छ। फिफा विश्वकप हरेक देश र खेलाडीको सपना हो किनकि यो विश्वकै सबैभन्दा ठूलो खेलकुद कार्यक्रम हो।

FIFA World Cup schedule 2022: Complete match dates, times, team fixtures  for Qatar tournament | Sporting News Malaysia

कतारमा प्रत्यक्ष फुटबल हेर्न नपाउने दर्शकहरुले टेलिभिजन प्रत्यक्ष प्रशारणमार्फक फुटबलको आनन्द उठाउनेछन् । विश्वका आधाभन्दा बढी अर्थात ५ अर्ब मानिसले कतार विश्वकपको प्रत्यक्ष प्रशारण हेर्ने अनुमान गरिएको छ ।

नेपालमा हिमालय प्रिमियर एचडी टेलिभिजनले विश्वकपको प्रत्यक्ष प्रशारण अधिकार पाएको छ । यो च्यानल आइतबारदेखि नै औपचारिक प्रशारण सुरु भएको छ । आफ्नो घरको टेलिभिजन सेटमा विश्वकप फुटबलको प्रत्यक्ष प्रशारण गर्ने हिमालय प्रिमियर च्यानल खुल्न ५ सय रुपैयाँ (करबाहेक) तिर्नुपर्ने हुन्छ ।

नेपालमा मोबाइल वा अन्य डिभिजन माध्यमबाट फुटबलको प्रत्यक्ष प्रशारण हेर्न नपाइने भएको छ । नेपालमा प्रशारण अधिकार पाएको मिडिया हबले टेलिभिजनबाट मात्र हेर्न पाइने बताएको छ ।

‘हामीसँग टेलिभिजन, रेडियोलगायत सबै डिभिजन माध्यमबाट प्रशारण गर्न पाउने अधिकारप्राप्त लाइसेन्स छ,’ मिडिया हबका अध्यक्ष सोम धितालले भनेका छन्, ‘तर, विविध कारणले हामीले मोबाइल वा अन्य माध्यमबाट प्रत्यक्ष प्रशारण हुने गरी कसैलाई पछि अधिकार बेचेका छैनौं ।’

उनले आम मोबाइल प्रयोगकर्ताबाट आएको गुनासोबारे जानकार भए पनि यस संस्करणमा त्यो सम्भावना कम रहेको प्रष्ट्याए ।

कतार विश्वकपको उद्घाटन खेलमा आज राती पाैने १० आयोजक कतार र दक्षिण अमेरिकी टोली इक्वेडरबीच प्रतिस्पर्धा हुँदैछ । कतारको अल बायट रंगशालामा यो खेल हुनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!