विश्वकप फुटबल अपडेट: आयोजक कतारविरुद्ध इक्वेडरको सानदार जित

Posted on: 21 Nov, 2022

मङ्सिर ५, काठमाडौँ | विश्वकप फुटबलमा इक्वेडरले सुखद सुरुवात गरेको छ ।  आइतबार भएको उद्घाटन खेलमा इक्वेडरले आयोजक कतारलाई  २–० गोल अन्तरले हराउँदै विजयी सुरुवात गरेको हो । अल बायत रंगशालामा भएको खेलमा  इक्वेडरलाई जित दिलाउन एनर भ्यालेन्सियाले दुई गोल गरे । 


खेलको १६ औँ मिनेटमा एनर भ्यालेन्सियाले पेनाल्टीबाट गोल गर्दै टिमलाई अग्रता सुरुवाती  दिलाएका थिए । त्यस पछि खेलको ३१ औं मिनेटमा भ्यालेन्सियाले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई २–० गोलको जित दिलाए । 

जितसँगै समूह 'ए' को इक्वेडरले एक खेलबाट ३ अंक जोडेको छ भने आयोजक कतारले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!