विश्वकपमा अर्जेन्टिनाकै लयमा जर्मनी, जापानको सानदार जित

Posted on: 23 Nov, 2022

मङ्सिर ६, काठमाडौं – फिफा विश्वकप फुटबलमा जापानले सानदार जित निकालेको छ । कतारको खालिफा अन्तराष्ट्रिय स्टेडियममा बुधबार भएको खेलमा जापानले जर्मनीलाई २–१ गोल अन्तरले पराजित गर्दै विश्वकपमा सुखद सुरुवात गरेको हो ।


खेलको ३३ औं मिनेटमा इल्के गुन्डोगानले पेनाल्टीबाट गोल गर्दै जर्मनीलाई १– ० को अग्रता दिलाएका थिए । जापानी गोलकिपर शुइची गोन्डाले जर्मनीका डिफेन्डर डेभिडलाई पेनाल्टी क्षेत्रभित्र फउल गर्दै लडाएपछि जर्मनीले पेनाल्टी पाएको थियो । जसमा गुन्डोगानले सहजै गोल गरे ।

खेलको ७५ औं मिनेटमा रित्सु डोनले गोल गर्दै जापानलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ८३ औं ताकुमा असानोले गोल गर्दै जापानलाई २–१ को जित दिलाए । जितसँगै जापानले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ ।

मंगलबार भएको खेलमा अर्जेन्टिनाले साउदी अरवसँग हार व्यहोरेको थियो । अर्जेन्टिनाले सुरुवातमा पेनाल्टी मार्फत गोल गरेको थियो भने आज जर्मनीले पनि सुरुवाती गोल पेनाल्टी मार्फतनै गरेको छ । अर्जेन्टिनासँग खेलेर एतिहासिक जित हाँशिल गरेको साउदीले आज सार्वजनिक बिदानै दिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!