विश्वकप फुटबलमा आज समूह चरणको अन्तिम खेल हुँदै, यी टिमको हुँदै छ भिडन्त

Posted on: 02 Dec, 2022

मङ्सिर १६, काठमाडौँ | कतारमा जारी विश्वकप फुटबलमा आज (शुक्रबार) बिभिन्न चार खेलहरु हुँदैछन् । जसमा समूह ‘एच’ र ‘जी’का दुई/दुई वटा अन्तिम खेलहरु हुन लागेका हुन् ।

आज हुने पहिलो दुई समूह ‘एच’मा रहेका दक्षिण कोरिया र पोर्चुगल तथा घाना र उरुग्वे बीच खेल हुनेछ । यी दुई खेल आज राति ८ः४५ बाट सुरु हुनेछन्  | आजको खेलमा समूह ‘एच’को एक टोलीको विश्वकप सम्भावना निर्धारण गर्नेछ ।

यस समूहबाट पोर्चुगल एक खेल अगावै अन्तिम १६ मा प्रवेश गरिसकेको छ । आजको खेलमा जित निकाल्दै घाना अघिल्लो चरण प्रवेश गर्ने योजनामा हुनेछ ।

उरुग्वेलाई पनि जित निकाल्दै पर्ने बाध्यता छ । यसै समयमा हुने अर्काे खेलमा पोर्चुगल जित निकाल्दै समूहमा अपराजित हुँदै समूह चरण अन्त्य गर्ने योजनामा छ । दक्षिण कोरियाको पनि सोही योजना छ । तर, घाना र उरुग्वेबीचको नतिजामा भर पर्नु पर्नेछ ।

त्यस्तै, विश्वकपको समूह चरणका अन्तिम दुई खेलहरुमा सर्बीयाले स्वीजरल्यान्डसँग खेल्दा ब्राजिलले क्यामरुनको सामना गर्नेछ । समूह ‘जी’ को एक टोलीको अघिल्लो चरण प्रवेश सम्भावना निर्धारण हुनेछ । यी दुई खेल आज राति १२:४५ बाट सुरु हुनेछन् ।

ब्राजिल यसअघि नै अन्तिम १६ मा पुगिसकेको छ । आजको खेलमा तिज निकाल्दै स्वीजरल्यान्ड प्रतियोगिताको नकआउट चरणमा पुग्ने योजनामा छ । यता क्यामरुन र सर्बीयाको पनि सोही लक्ष्य हुनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!