विश्वकप हेरेपछि क्यान्सर पीडित पेलेले अस्पतालबाटै दिए यस्तो सन्देश

Posted on: 04 Dec, 2022

मङ्सिर १८, काठमाडौँ । ब्राजीलका महान फुटबल खेलाडी पेले यतिबेला पेटको क्यान्सरबाट पीडित भएर अस्पतालमा उपचार गराइरहेका छन् ।

उनी अस्पतालमै बसेर अहिले कतारमा जारी फिफा वर्ल्डकप हेरिरहेका छन् ।

यसैबीच उनले एउटा स्टाटस इन्स्टाग्राममा पोस्ट गरेका छन् । जसमा उनले सबैलाई शान्त र सकारात्मक रहन आग्रह गरेका छन् । उनले मानिसबाट आफ्नो लागि आइरहेका सन्देश र ब्राजीलले जारी विश्वकपमा खेलेको देखेर आफूभित्र पनि उर्जा थपिएको बताएका छन् ।


उनी लेख्छन् – ‘म अपेक्षाले भरिएको छु, बलियो छु र सधैँ जस्तै आफ्नो उपचार गराइरहेको छु । मलाई गरिएको राम्रो उपचार र हेरचाहका लागि म सम्पूर्ण मेडिकल र नर्सिङ टीमलाई धन्यवाद दिन चाहान्छु ।’

उनले लेखेका छन्– ‘म भगवानमा विश्वास गर्छु र संसारबाट प्राप्त भएको माया–प्रेमले भरिएको सन्देशले ममा उर्जा भरिदिन्छ । म विश्वकपमा ब्राजीलले खेलेको हेरिरहेको छु । यी सबै कुराका लागि धन्यवाद ।’

८२ वर्षीय पेले साओ पाउलोको इस्राइलीटा अल्बर्ट आइन्स्टाइन अस्पतालमा भर्ना भएका छन् । उनलाई मंगलबारको दिन सास फेर्न गाह्रो भएका कारण अस्पताल भर्ना गरिएको हो । अहिले पेलेको स्वास्थ्य स्थिति सामान्य रहेको छ ।

यद्यपि, केही समाचार माध्यमले पेलेका स्वास्थ्यस्थिति गम्भीर भएको हो । भनिन्छ, उनको शरीरमा कीमोथेरापीको कुनै असर नभएको बताइएको थियो ।

त्यसपछि अस्पतालले एउटा आधिकारिक वयान जारी गर्दै पेले ठीक भएको र उनको शरीरले उपचारको राम्रो प्रतिक्रिया दिइरहेको बताएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!