फिफा विश्वकप नकआउट चरणका आज दुई खेल: प्रि-क्वाटर फाइनलमा ब्राजिललाई रोक्ला त दक्षिण कोरियाले?

Posted on: 05 Dec, 2022

मङ्सिर १९, काठमाडौँ | कतारमा जारी फिफा विश्वकपमा आज सोमबार अन्तिम-१६ का दुई खेलहरू हुँदै छन् । 

कतारको अल जनौब रंगशालामा हुने आजको पहिलो खेलमा साबिक उपविजेता क्रोएसियाले जापानविरुद्ध खेल्दै छ । यो खेल नेपाली समयानुसार राति ८:४५ बजेदेखि सुरु हुनेछ । 

जापान समूह 'ई' को विजेताको रूपमा र क्रोएसिया समूह 'एफ' को उपविजेताको रूपमा प्रिक्वार्टरफाइनल आएका हुन् । 


यस्तै, आजको दोस्रो खेलमा राति १२:४५ बजे ब्राजिल र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ । यो खेल कतारको रंगशाला ९७४ मा हुनेछ ।

विश्वकपमा ब्राजिल समूह 'जी' को विजेताको रूपमा र दक्षिण कोरिया समूह 'एच'को उपविजेताको रूपमा अन्तिम-१६ मा आएका हुन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!