विश्वकप फुटबलः शुक्रवारदेखि क्वार्टरफाइनल, पहिलो खेल ब्राजिल र क्रोएसियाबीच

Posted on: 07 Dec, 2022

मङ्सिर २१, काठमाडौँ | कतारमा जारी फिफा विश्वकप फुटबल-२०२२ को क्वाटरफाइनलका खेलहरु यही मंसिर २३ गते शुक्रवारदेखि प्रारम्भ हुने भएको छ ।

क्वाटरफाइनल चरणको पहिलो खेल ब्राजिल र क्रोएसियाबीच खेलिँदैछ । नेपाली समय अनुसार शुक्रबार राति ८ः४५ बजेदेखि यो खेल प्रारम्भ हुनेछ ।


दोस्रो क्वाटरफाइनल खेलमा मोरक्को र पोर्चुगल शनिबार राति ८ः४५ बजेदेखि भिड्दैछन् । यसैगरी तेस्रो क्वाटरफाइनल खेल अर्जेन्टिना र नेदरल्यान्ड्सबीच शनिबार राति १२ः४५ बजेदेखि प्रारम्भ हुनेछ ।

क्वाटरफाइनलको अन्तिम खेलमा आइतबार राति १२ः४५ बजे फ्रान्स तथा इङ्ल्याण्डबीच खेलिनेछ ।

विश्वकपको फाइनल खेल भने पुस ३ गते आइतबार राति ८ः४५ बजेदेखि खेलिनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!