आज क्वार्टरफाइनलका अन्तिम दुई खेल हुँदै, पहिलो खेल पोर्चुगल र मोरोक्कोबीच

Posted on: 10 Dec, 2022

मङ्सिर २४, काठमाडौँ | कतार फिफा विश्वकप अन्तर्गत आज तेस्रो क्वार्टरफाइनल खेलमा पोर्चुगल र मोरोक्को भिड्दै छन्।

पोर्चुगल र मोरोक्को को खेल नेपाली समय अनुसार  राति ८:४५ बजे कतारको दोहास्थित अल थुमाम रंगशालामा हुनेछ।

कतार विश्वकपमा  प्रि-क्वाटरफाइनलमा स्पेनलाई पराजित गर्दै मोरोक्को क्वार्टर फाइनलमा पुगेको हो। निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि पेनाल्टी सुटआउटमा मोरोक्कोले स्पेनलाई ३-० गोल अन्तरले पराजित गरेको थियो।

त्यस्तै, स्विटजरल्यान्डलाई  प्रि-क्वाटरफाइनलमा पराजित गर्दै पोर्चुगल क्वार्टरफाइनलमा प्रवेश गरेको हो। पोर्चुगलले स्विटजरल्यान्डलाई ६-१ गोल अन्तरले पराजित गरेको थियो।

आजको खेल मोरोक्कोले जितेमा विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी टोली बन्नेछ भने पोर्चुगलले पनि आजको खेल जितेमा तेस्रो पटक क्वार्टरफाइनल प्रवेश गर्नेछ ।


यस्तै, अन्तिम क्वाटरफाइनलमा फ्रान्स र  इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । अल बायत स्टेडियममा हुने फ्रान्स र इंग्ल्यान्डबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ । साविक विजेता फ्रान्सले प्रि–क्वाटरफाइनलमा पोल्यान्डलाई ३–१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको थियो | त्यस्तै सेनेगललाई ३-० गोल अन्तरले हराउँदै इङ्ल्यान्ड क्वाटरफाइनलमा प्रवेश गरेको थियो |

साविक विजेता फ्रान्स र इंग्ल्यान्ड आज जित निकाल्दै अन्तिम चारमा पुग्ने योजनाका रहेका छन् । 

यसअघि गएराति भएका दुई वटा क्वार्टरफाइनल खेलमा पेनाल्टी सुटआउटमा जित हासिल गर्दै क्रोएशिया र अर्जेन्टिना सेमिफाइलनमा प्रवेश गरिसकेका छन्। निर्धारित समयमा बराबरी भएपछि पेनाल्टी सुटआउटमा क्रोएशियाले ब्राजिललाई ४-१ र अर्जेन्टिनाले नेदरल्यान्डस्लाई ४-२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका हुन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!