पोर्चुगललाई स्तब्ध पार्दै अफ्रिकी राष्ट्र मोरक्को पहिलो पटक विश्वकपको सेमिफाइनलमा

Posted on: 10 Dec, 2022

मङ्सिर २४, काठमाडौँ । कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनलमा पोर्चुगललाई पराजित गर्दै मोरक्को सेमिफाइनलमा प्रवेश गरेको छ । कतारको अल थुमामा रंगशालामा १-० को जित दर्ता गर्दै मोरक्को विश्वकपको अन्तिम चारमा प्रवेश गर्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ ।


खेलको पहिलो हाफमा दुवै टोलीले गोलको अवसर सिर्जना गरे । पोस्टतर्फ आक्रामक बनेको मोरक्कोले युसुफ एन नेसरीको गोलमा खेलको ४२ औं मिनेटमा सुरुवाती अग्रता बनायो । बदलामा पोर्चुगलले आफ्नै पकडमा बल पारे पनि पटकपटक गोल गर्ने अवसरहरु गुमायो ।खेलको पहिलो हाफमा क्रिस्टियानो रोनाल्डो मैदान बाहिरनै थिए । खेल मोरक्कोको पक्षमा गएपछि रोनाल्डोलाई मैदान प्रवेश गराइयो । साथै पोर्चुगलले जोआओ क्यान्सेलोलाई मैदान प्रवेश गरायो । त्यसपछि लगातार आक्रमण गरेको पोर्चुगलले गोल गर्न भने सकेन ।

खेलको ८३ औं मिनेटमा पोर्चुगलको लागि गोलरक्षक बोनोले उत्कृष्ट बचाउ गर्दै खेलमा मोरक्कोको अग्रता कायम राखे । रोनाल्डोको पासमा जोआओ फेलिक्सले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गरेको शक्तिशाली प्रहारलाई बोनोले बचाएका थिए । 

खेलको इन्जुरी समयमा मोरक्कोका वालिद चेदिरा दोस्रो पहेंलो कार्ड पाएर रातो कार्ड खाँदै मैदान बाहिरीए । त्यसपछि दश खेलाडीमा समेटिएको मोरक्कोले पोर्चुगलको आक्रामक गोल हान्ने प्रयासलाई पटकपटक विफल बनाउदै विश्वकपको सेमिफानललाई आफूलाई पुर्याउन सफल बन्यो ।

आजको जितसँगै मोरक्कोले सेमिफाइनलमा फ्रान्स र इंग्ल्याण्डबीच हुने चौथो क्वाटरफाइनलको विजेतासँग खेल्ने भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!