पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले दिए राजीनामा

Posted on: 16 Dec, 2022

पुस १, एजेन्सी | मोरक्कोसँग क्वार्टरफाइनलमा पराजित हुँदै कतार विश्वकपबाट बाहिरिएपछि पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले पदबाट राजीनामा दिएका छन् । योसँगै अब उनको उत्तराधिकारीको रुपमा विवादास्पद बन्दै आएका जोसे माउरिन्होलाई सम्भावित प्रशिक्षक मानिएको छ । 

पोर्चुगिज फुटबल महासंघले ६८ वर्षीय प्रशिक्षकको यात्रा सकिएको बताएको छ । उनी सन् २०१४ सेप्टेम्बरमा टोली सम्हाल्न आएका थिए र उनको सफल यात्रा अब अन्त्य हुदैछ |

‘हामी अर्को प्रशिक्षक नियुक्ति गर्ने प्रक्रियामा छौं,’ संघले भनेको छ । सन् २०२४ युरोको लागि संघले माउरिन्होलाई एक नम्बरमा राखेको पोर्चुगिज फुटबल महासंघले जनाएको छ ।

माउरिन्होले चेल्सीबाट तीन प्रिमियरा लिग, इन्टरबाट दुई सिरी ए र रियलबाट ला लिगा उपाधि जितेका छन् । यस अघि दुई खेलमा क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेपछि सान्तोष निकै आलोचित भएका थिए । सान्तोष टोलीमा रहँदा युरो २०१६  र २०१९  नेसन्स लिगमा देशको पहिलो उपाधि जितेका थिए |  उनको प्रशिक्षणमा पोर्चुगलले सन् २०१८ विश्वकप र २०२० को युरो खेलेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!