विश्वकप फुटबलको फाइनल खेल आज, उपाधिका लागि फ्रान्स र अर्जेन्टिना भिड्ने

Posted on: 18 Dec, 2022

पुस ३, काठमाडौँ | जारी फिफा विश्वकप फुटबलको फाइनल खेलमा आज फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन् । आज हुने फाइनल खेल कतारको लुसिल स्टेडियममा नेपाली समय राति ८:४५ बजेबाट सुरु हुनेछ । 

यसअघि बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई हराउँदै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भेट पक्का गरेको थियो । साविक विजेता समेत रहेको फ्रान्सले मोरक्कोलाई २-० ले हराएको हो । अर्जेन्टिनाले भने पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० ले हराएको थियो ।

दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना र युरोपियन राष्ट्र फ्रान्स तेस्रो पटक विश्वकप उपाधि उचाल्ने योजनासहित मैदान उत्रनेछन् । दुबै देशले हालसम्म समान दुई विश्वकप जितेका छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!