अर्जेन्टिनाले विश्वकप जितेपछि मार्टिनेजले उडाए एम्बाप्पेको मजाक (भिडियो)

Posted on: 19 Dec, 2022

पुस ४, काठमाडौँ | अर्जेन्टिनाले फूटबल विश्वकप जितेपछि ड्रेसिङ रूममा खेलाडीहरूले खुशियाली मनाउँदै गर्दा अर्जेन्टिनी गोलकीपर एमिलियानो मार्टिनेजले फ्रान्सेली खेलाडी किलियन एम्बाप्पेको मजाक उडाएका छन् । 

जीतको खुशियालीमा अर्जेन्टिनी खेलाडीहरू ड्रेसिङ रूममा नाचेका थिए । एक मिनेटको मौन भनी गीत गाउँदै गर्दा उनीहरू एकछिन चुप लागेका थिए । त्यसैक्रममा मार्टिनेज चिच्याए, ‘ एम्बाप्पेका लागि ।’


पेनाल्टी शूटआउटमा अर्जेन्टिनाका लागि गोल बचाएर मार्टिनेजले टीमलाई विश्वकप दिलाएका हुन् । त्यही उन्मादमा उनले एम्बाप्पेका विषयमा मजाक गरे ।

फाइनलमा एम्बाप्पेले पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले खेलमा ह्याटट्रिक गरेका थिए । कुल आठ गोल सहित उनी यस प्रतियोगिताका सर्वाधिक गोलकर्ता भए अनि गोल्डन बूट जित्न सफल भए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!