रोनाल्डोलाई अहिलेसम्म जम्मा एउटा क्लबले प्रस्ताव गरेको दाबी

Posted on: 22 Dec, 2022

पुस ७, काठमाडौँ | फूटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई साउदी अरबको अल नासर क्लबले मात्र सम्झौताका लागि प्रस्ताव गरेको स्पेनी सञ्चारमाध्यमले खबर दिएको छ । 

खेल पत्रिका याजका अनुसार, रोनाल्डो अहिले अबु धाबीमा छन् र उनलाई साउदीको क्लबबाट मात्र सम्झौताको औपचारिक प्रस्ताव आएको छ । 


पाँचपटकका बालोन डी’ओर विजेता रोनाल्डो विश्वकपअघि म्यानचेस्ट युनाइटेडबाट बिदा भएका थिए । 

आफ्ना चिर प्रतिद्वन्द्वी लियोनल मेसीले अर्जेन्टिनाका लागि विश्वकप जितेपछि रोनाल्डो क्लब स्तरमा थप उपलब्धि हासिल गर्न आतुर छन् । 

साउदीको क्लब अल नासरले रोनाल्डोलाई वर्षको २१ करोड २० लाख डलर दिने प्रस्ताव गरेको छ । तर साउदीको क्लबमा खेल्ने हो भने रोनाल्डोले आफू अब शीर्ष स्तरको खेलाडी नरहेको र संन्यास लिने बाटोमा हिँडेको सन्देश जान्छ । 

त्यसो त कतारको अल साद क्लबले पनि रोनाल्डोमा चासो देखाएको बताइएको छ । तर रोनाल्डो आफ्नो क्लबमा आउलान् भनी अल नासरले सात नम्बरको जर्सी खुला राखेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!