पाँचथरमा आमन्त्रित भलिबल प्रतियोगिता हुने

Posted on: 28 Dec, 2022

कमल घिमिरे । पौष १३ । पाँचथर, पाँचथरको फिदिममा तेस्रो अन्तरपालिका स्तरीय आमन्त्रित नकआउट पूरुष भलिबल प्रतियोगिता हुने भएको छ । 

फिदिम नगरपािलिका – ६ शिवामा वर्षेनी लाग्दै आएको ऐतिहासिक अर्थे मेलाको अवसरमा भलिबल प्रतियोगिता आयोजना गरिएको पत्रकार सम्मेलनमा बताइएको छ । आगामी माघ २३ देखी सुरु हुने प्रतियोगितामा पाँचथर सहित इलाम, ताप्लेजुङ, तेह्रथुम, झापा र भोजपुरका १० पालिका सहभागी हुने आयोजकले जनाएको छ । 

भलिबल प्रतियोगिताको विजेताले नगद ७० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र पाउनेछन भने उपविजेताले नगद ५० हजार रुपैँया सहित ट्रफि, मेडल र प्रमाण पत्र पाउनेछन । खेलमा म्यान अफ् दि म्याच, वेष्ट स्पाइकर, बेष्ट रेजर र वेष्ट डिफेन्सलाई पनी आकर्षक पुरस्कारको व्यवस्था गरिएको अर्थे मेला व्यवस्थापन समितिका अध्यक्ष दिल तुम्रोकले जानकारी दिनुभयो ।

भलिबल प्रतियोगिता सँगै प्रथम शिवा साहित्यिक– साँस्कृतिक महोत्सव, स्रष्टा तथा सँस्कृतिकर्मी सम्मान, केलाङ साकेला , हुर्रा लगायत मौलिक रैथाने साँस्कृतिक नाच प्रदर्शनी, बहुभाषिक रचना वाचन, गायन तथा नृत्य प्रस्तुती हुने आयोजकले जनाएको छ । 

मेलामा लिम्बु जातिको मौलिक परिकार सेरगेम, किनामा, लुङ्घाक्चा, याङ्बेन लगायतको स्टल राखिने बताइएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!