अनन्त सर्वोत्कृष्ट खेलाडी सम्मानबाट सम्मानित

Posted on: 29 Dec, 2022

पुस १४, काठमाडौँ | साहरा क्लब पोखराले नेपाली राष्ट्रिय फुटबल टिमका डिफेन्डर अनन्त तामाङ सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान २०७९  बाट सम्मानित भएका छन् ।

साहरा क्लबले बिहीबार पोखरा रंगशालामा अनन्तलाई सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मानबाट सम्मानित गरेको हो ।


साहरा क्लबले हरेक वर्ष एक जना राष्ट्रिय फुटबल खेलाडीलाई सम्मान गर्दै आइरहेको छ । गत वर्ष क्लबले युवा खेलाडी अन्जन विष्टलाई सम्मान गरेको थियो । अनन्तलाई ५० हजार ५ रुपैयाँसहित सम्मान पत्रले सम्मान गरिएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!