भारतीय क्रिकेटर ऋषभ पन्त कार दुर्घटनामा गम्भीर घाइते

Posted on: 30 Dec, 2022

पुस १५, काठमाडौं | भारतका स्टार क्रिकेटर ऋषभ पन्त कार दुर्घटनामा परेर गम्भीर घाइते भएका छन् ।

उनी उत्तराखण्डको हरिद्वार जिल्लामा दुर्घटनामा पर्दा घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । दुर्घटनामा परी गम्भीर घाइते बनेका उनको रुडकी सिभिल अस्पतालमा प्रारम्भिक उपचारपछि देहरादुनको म्याक्स अस्पतालमा सारिएको छ ।


पन्त कारबाट उत्तराखण्डस्थित आफ्नो घर जाँदै थिए । रुर्कीको नरसन सीमा नजिकै मोडमा उनको मर्सिडीजले नियन्त्रण गुमाएर रेलिङमा ठोक्किएपछि कारमा आगो लागेको प्रहरी अधिकारीहरूले जनाएको छ | दुर्घटना हुँदा पन्त गाडीमा एक्लै थिए । दुर्घटनापछि पन्त जलिरहेको कारको झ्याल फुटाएर बाहिर निस्केका थिए । पन्तको टाउको, ढाड र खुट्टामा चोट लागेको छ । चिकित्सकका अनुसार उनको अवस्था खतरामुक्त छ ।


चिकित्सकले एमआरई गरेपछि मात्रै उनको घुँडाको कुन हड्डी भाँचिएको हो थाहा हुने बताएका छन् । उनीहरूले पन्तको शल्यक्रिया गर्नुपर्ने पनि बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!