प्रिमियर लिगमा ब्रेन्टर्फडसँग लिभरपुल ३-१ ले पराजित

Posted on: 03 Jan, 2023

पुस १९, काठमाडौं | इङ्गलिस प्रिमियर लिग अन्तर्गत गएरातिको खेलमा ब्रेन्टर्फडले लिभरपुललाई ३-१ ले पराजित गरेको छ । यो हारसँगै लिभरपुलले शीर्ष चारमा पुग्ने अवसर गुमाएको छ ।

घरेलु मैदानमा भएको खेलमा ब्रेन्टर्फडले १९ औं मिनेटमा अग्रता लिएको थियो । लिभरपुलका इब्राहिम कोनाटेले आत्मघाती गोल गरेका थिए ।


खेलको ४२ औं मिनेटमा योयान विजाले अग्रता दोब्बर पारे । पहिलो हाफमा २ गोलले पछि परेको लिभरपुलले दोस्रो हाफको ५०औं मिनेटमा चेम्बेरलेनले गोल गरेर २-१ को स्थितिमा पुर्‍याए ।

तर ब्रेन्टर्फडका ब्रायन एमबामोले ८४ औं मिनेटमा अर्को एक गोल थपेपछि ३-१ ले जित हासिल गर्यो ।

जित निकालेको ब्रेन्टफोर्ड २६ अंकका साथ सातौं स्थानमा छ । यो नतिजासँगै १७ खेलबाट २८ अंक बटुलेको लिभरपुल तालिकाको छैटौं स्थानमा पुग्यो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!