सन्दीपलाई न्याय माग्दै आरिफ शेख लेख्छन्- मरेको मान्छेले न्यायका लागि लड्न सक्दैन

Posted on: 04 Jan, 2023

पुस २०, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी आरिफ शेखले सन्दीप लामिछानेलाई चाँडो न्याय दिन माग गरेका छन् ।

उनले बुधवार सामाजिक सञ्जालमार्फत सन्दीपका लागि न्याय मागेका हुन् ।


उनी लेख्छन्, ‘न्यायले हरेक मानिसलाई एकनासले हेर्छ । यो सदा सर्वदा उस्तै हुन्छ । मरेको मान्छे न्यायका लागि रुन सक्दैन । बाँचेको मान्छेको जिम्मा हुन्छ उनीहरूको न्यायका लागि लड्ने । सन्दीपले चाँडै न्याय पाओस् र एक देशभक्त व्यक्तिले फेरि राष्ट्रलाई गौरवान्वित गर्न सकोस् भन्ने मेरो कामना छ ।’

बलात्कारको आरोपमा जेल परेका सन्दीपको केहि राष्ट्रिय खेलाडीहरूले न्यायको माग गरेका छन् । महिला क्रिकेट टिमकी कप्तान रुविना क्षेत्रीले पनि सामाजिक सञ्जालमा सन्दीपको न्यायको माग गरेकी थिइन् । भने, शरद भेषवाकरले पनि उनको न्याय माग गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!