एन्जर्सविरुद्ध पीएसजी सहज जित, लियोनल मेस्सीले पनि गरे गोल

Posted on: 12 Jan, 2023

पुस २८, काठमाडौँ | फ्रेन्च लिग वान फुटबलमा पीएसजीले सहज जित निकालेको छ । लियोनल मेस्सीले विश्वकप पछि खेलेको खेलमा पीएसजीले जित निकाल्न सफल भएको हो ।

घरेलु मैदानमा भएको खेलमा पीएसजीले एन्जर्सलाई २–० गोल अन्तरले हरायो । पीएसजीका लागि खेलको पाँचौं मिनेटमा ह्युगो इकिटिकले गोल गर्दै टिमलाई अग्रता दिलाए ।

पहिलो हाफमा १–० गोलको अग्रता बनाएको पीएसजीले दोस्रो हाफमा थप एक गोल गर्न सफल भयो । खेलको ७२औं मिनेटमा मेस्सीले गोल गर्दै पीएसजीलाई २–० गोलको जित दिलाए ।


जितसँगै पीएसजीले शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएको छ । लिगमा १८ खेल खेलेको पीएसजीको ४७ अंक छ । पराजित एन्जर्स ८ अंक जोडेर तालिकाको पुछारमा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!