स्पट फिक्सिङ प्रकरणमा महबुब र आदील पक्राउपछि शरदको पोस्ट ‘ओम नम सिवाय’

Posted on: 23 Jan, 2023

माघ ९, काठमाडौँ | नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा भएको नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा संलग्न भएको भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दुई नेपाली क्रिकेटर पक्राउ गरेपछि राष्ट्रिय क्रिकेट टिमका सदस्य शरद भेषावाकरले सामाजिक सञ्जालमा स्ट्याटस लेखेका छन् ।


पुस ९ गतेदेखि २७ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको लिगमा राष्ट्रिय टिमका अलराउन्डर आदील अन्सारी र कीर्तिमानी पूर्व क्रिकेटर महबुब आलमलाई पक्राउ गरेको भन्ने समाचार सार्वजनिक भएको केही मिनेटपछि नै शरदले फेसबुकमा ‘ओम नम सिवाय’ भन्दै स्ट्याटस पोस्ट गरेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!