नेपाल टी-२० लिगमा स्पट फिक्सिङ गरेको आरोपमा थप एक पक्राउ

Posted on: 23 Jan, 2023

माघ ९, काठमाडौँ | स्पट फिक्सिङमा संलग्न भएको आरोपमा थप एक जना पक्राउ गरेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार नेपालका चार र विदेशी ६ जना फिक्सिङमा संलग्न भएको देखिएको छ ।

उनीहरुमध्ये महबुब आलम र आदिल अन्सारी पक्राउ गरेका छन् । यस्तै थप एक जनालाई पक्राउ गरिएको सीआईबी स्रोतले जनाएको छ । यद्यपि उनको नाम खुलेको छैन ।

त्रिवि क्रिकेट मैदानमा ९ देखि २७ पुससम्म नेपाल टी–२० लिग भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!