एम्बाप्पेको पाँच गोलमा पीएसजीको सानदार जित

Posted on: 24 Jan, 2023

माघ १०, काठमाडौँ | केलियन एम्बाप्पे एक्लैले पाँच गोल गरेको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले  कासेललाई ७–० गोल अन्तरले हराएको छ |

पीएसजीको जितमा केलियन एमबाप्पे एक्लैले ५ गोल गरे । त्यस्तै नेयमार र कार्लोस सोलेरले एक–एक गोल गरे । पीएसजीका लागि एम्बाप्पेले खेलको २९ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ३३ औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए । एम्बाप्पले खेलको ३४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीको अग्रता ३–० को बनाए ।


खेलको ४० औं मिनेटमा गोल गर्दै एम्बाप्पेले ह्याट्रिक पूरा गरेका थिए । एमबाप्पेले खेलको ५६ औं मिनेटमा गोल गर्दै पीएसजीलाई ५–० गोलको अग्रता दिलाए । कार्लोस सोलेरले ६४ औं मिनेटमा गोल गर्दै टिमलाई ६–० गोलको अग्रता दिलाए ।भने  खेलको ७९ औं मिनेटमा एम्बाप्पेले थप एक गोल गर्दै टिमलाई ७–० गोलको जित दिलाए । एमबाप्पे पीएसजीको इतिहासमा एकै खेलमा ५ गोल गर्ने पहिलो खेलाडी समेत बनेका छन् ।


सोमबार राति भएको छैटौं श्रेणीको खेलमा पीएसजी फ्रेन्च कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!