नियुक्तिविना नै क्रिकेट टीमको प्रशिक्षणमा खटाइए मोन्टी देसाई

Posted on: 29 Jan, 2023

माघ १५, काठमाडौँ | मोन्टी देसाईले नेपाली राष्ट्रिय क्रिकेट टीमलाई प्रशिक्षण दिन थालेका छन् । औपचारिक रुपमा नियुक्त नभई उनले आइतबारदेखि राष्ट्रिय क्रिकेट टीमको प्रशिक्षण सम्हालेका हुन् ।

देसाइको नियुक्ति प्रक्रिया राष्ट्रिय खेलकुद परिषदमा अड्किएको छ । अहिले उनले नेपाल क्रिकेट संघ (क्यान) को आग्रहमा राष्ट्रिय टीमको प्रशिक्षण सम्हालेको क्यानका कार्यबाहक सचिव प्रशान्तविक्रम मल्लले बताए ।


‘क्यानबाट उहाँलाई हामीले प्रशिक्षकको रुपमा राखेपमा सिफारिस गरेका छौं । त्यहाँबाट स्विकृति आएपछि उहाँ औपचारिक रुपमा हाम्रो मुख्य प्रशिक्षकको रुपमा रहनु हुनेछ’, उनले भने ।

खेल नजिकै आइसकेकाले तत्काललाई क्यानको आग्रहमा टीमको प्रशिक्षण सम्हालेको उनले बताए ।

नेपाली राष्ट्रिय क्रिकेट टीमले फागुन २ देखि ९ गतेसम्म त्रिवि क्रिकेट मैदानमा नामिबिया र स्कटल्यान्डसँग आईसीसी पुरुष क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय श्रृंखला खेल्दैछ । जहाँ नेपालले चार खेल खेल्नेछ । त्यसका लागि केही दिनअगाडि क्यानले २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!