म ६५ वर्षीय पुरुष हुँ । मेरा तीनवटी श्रीमती छन् । विभिन्न अप्ठ्यारो परिस्थितिमा उनीहरूसँग मेरो विवाह भएको हो । हाल आएर म कान्छी श्रीमतीसँग बस्छु र उनीसँग शारीरि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

म ६५ वर्षीय पुरुष हुँ । मेरा तीनवटी श्रीमती छन् । विभिन्न अप्ठ्यारो परिस्थितिमा उनीहरूसँग मेरो विवाह भएको हो । हाल आएर म कान्छी श्रीमतीसँग बस्छु र उनीसँग शारीरि"/>

७ जेष्ठ २०८२, मंगलवार
अछाम - ACM

उमेरको भिन्नताकै कारणले यौनेच्छा नभएको महसुस हुन्छ ?

१९ माघ २०७३, बुधबार ०८:०४


म ६५ वर्षीय पुरुष हुँ । मेरा तीनवटी श्रीमती छन् । विभिन्न अप्ठ्यारो परिस्थितिमा उनीहरूसँग मेरो विवाह भएको हो । हाल आएर म कान्छी श्रीमतीसँग बस्छु र उनीसँग शारीरिक रूपमा आफू सन्तुष्ट हुन नसकेको र सम्बन्ध राख्न पनि इच्छा नभएको अनुभव हुन्छ । 

यसको प्रत्यक्ष असर मेरो र उनको सम्बन्धमा परेको छ । यही कारणले होला, उनको एक जना पुरुषसँग यौनसम्बन्ध पनि हुँदै आएको कुरा थाहा पाएको छु । हिजोआज हाम्रो दैनिकजस्तो मनमुटाव भैरहन्छ । यस्तो समस्या उमेरको भिन्नताका कारणले आउँछ वा अन्य कारणले ? किनभने धेरैजसो समयमा मलाई उमेरको भिन्नताकै कारणले यौनेच्छा नभएको महसुस हुन्छ । मलाई के भएको हो र यसको समाधान के छ ?

तपाईंले अप्ठ्यारो परिस्थिति भनेर संकेत गर्न खोज्नुभएको कुरा के हो ? यी मनोविज्ञानसँग सम्बन्धित विषय हुन् र यिनको हल पनि त्यसरी नै खोज्नुपर्ने हुन्छ । तपाईंको विवाहमा सन्तुष्टि कम भेटिने वा असन्तुष्ट रहने कारणहरूमा मानसिक अन्तरद्वन्द्व प्रमुख कारकका रूपमा देखिन्छ । कतै आफूले आफ्नो स्वार्थ मात्र पूरा गरें कि भन्ने मनमा परिरहेको हुन सक्छ । तपाईंलाई आफ्नी श्रीमतीप्रतिको शंका वा विश्वास नभएको र मायालाई सम्मान नगरेको महसुस भएको हुन सक्छ ।

कतिपय अवस्थामा अर्को व्यक्तिसँग सम्बन्ध राखेको खुलासाले एक–अर्काप्रतिको आत्मीयतामा कमी आउँछ र त्यसको सीधै असर यौनसम्बन्धमा पर्छ । हेर्दा सामान्य लागे पनि विभिन्न सोच मनमा आउँछन् । 

यसरी मनमा कुरा खेलिरहेका बेला तपाईंलाई लाग्न सक्छ, यस्ता कुराले तपाईंको मनोविज्ञानमा प्रतिकूल असर पारिरहेको छ र तपाईंलाई यौनसन्तुष्टि प्राप्त गर्नमा समस्या भएको हुन सक्छ । त्यसैले तपाईंले आफ्ना यस्ता इच्छा, अपेक्षा, बानी तथा आवश्यकताहरूलाई रूपान्तरण गर्न जरुरी हुन्छ । 

यौनसम्पर्क र उमेरको केही सम्बन्ध त पक्कै पनि छ, तर मानिसहरूले यसलाई कसरी सोचिरहेका छन् भन्ने कुरा महत्वपूर्ण हुन्छ । यौनसम्पर्क र यौनजन्य गतिविधिबाट आनन्द लिने कुरा तपाईंको जस्तो उमेरमा वा भनौं बुढ्यौलीमा पनि सम्भव छ ।

फरक यति मात्र हो कि मानिसहरूले हरेक समय र निर्णयसँगै आफूलाई समायोजन गर्दै लगेका छन् कि छैनन् ? सेक्स मात्र महत्वपूर्ण होइन । यससँग जोडिएका धेरै पक्ष छन् । सबैभन्दा महत्वपूर्ण कुरा एक–अर्कालाई स्वीकार गरिएको छ कि छैन ? भावना साटासाट सेक्सको अभिन्न पक्ष हो । 

उमेर बढ्ने क्रमसँगै अनुभवबाट फाइदा लिन सकिने सम्भावना हुन्छ । श्रीमान्को उमेर बढ्दै जाने क्रमसँगै सेक्सको नियमित रुटिन परिवर्तन गर्नुपर्ने हुन सक्छ । तपाईंकी श्रीमतीले अर्को व्यक्तिसँगको यौनजीवनलाई अघि बढाउँदै हुनुहन्छ भने त्यसले तपार्इंको जीवनमा थप समस्या पैदा गर्छ । 

तपाईंले तेस्री श्रीमतीका रूपमा स्वीकार गरे पनि सामाजिक रुपमा उहाँको स्वीकार्यता छ कि छैन, त्यसले पनि यौनसम्बन्धमा असर पारेको हुन सक्छ । अर्को कुरा, तपाईंका पहिलेका श्रीमतीहरूसँगको यौनसम्बन्ध कस्तो थियो भन्ने कुरामा पनि तुलना गर्न पुगिरहनु पो भएको छ कि ? महत्वपूर्ण कुराचाहिँ के हो भने हरेक व्यक्तिसँगको यौनसम्बन्ध फरक–फरक हुन्छ र फरक किसिमले त्यसलाई रमाइलो बनाउन सकिन्छ । अर्को थाहा पाउनुपर्ने कुरा हार्मोनमा आएको परिवर्तन हो । 

उमेर बढ्दै जाने क्रममा महिला र पुरुष दुवैमा हार्मोन परिवर्तन हुनु स्वाभाविक हो ।

पुरुषमा पनि हर्माोन परिवर्तन हुन्छ, टेस्टोस्टेरोन हार्मोनले पुरुषको यौन इच्छामा प्रभाव पार्छ । दाम्पत्य जीवनमा यौन क्रियाकलापलाई तल्लो दर्जामा राख्दा अन्य विभिन्न समस्या उत्पन्न हुन सक्छन् । यौन नै यस्तो क्रियाकलाप हुन सक्छ जसले एक–अर्कालाइ बुझ्न, भावनात्मक कुरा महसुस गर्न र सम्बन्धलाई मजबुत बनाउन मद्दत गर्छ । उमेरको भिन्नता भए पनि यौनजन्य आनन्द लिन सकिन्छ । यतिबेला यौनसाथीबीच नजिकको सम्बन्ध सबैभन्दा महत्वपूर्ण कुरा बन्न पुग्छ ।

सकारात्मक सोचले काम गर्ने बानी बसाल्ने, मानसिक तथा शारीरिक अवस्था तन्दुरुस्त अवस्थामा राख्ने, चिन्ता नलिने र आफूलाई अनुकूल बनाउँदै लाने हो भने यौन आनन्दमा कमी नहुने अध्ययनहरूले देखाएका छन् । तपाईंको विवाह अप्ठ्यारो परिस्थितिमा भएको भए पनि थप अप्ठ्यारो सिर्जना नगर्न एक–अर्कासँग खुलेर कुरा गर्नु आवश्यक हुन्छ । साप्ताहिकबाट 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ४९ अङ्कले बढ्यो गभर्नर सिफारिस समिति बैठक जारी नेप्से परिसूचक ४९.०९ अंकले बढ्यो,२२९ कम्पनीका मूल्यमा वृद्धि नगर प्रहरी प्रमुख पाण्डेलाई ७ दिनको म्याद दिएर,७ बुँदे स्पष्टीकरण गर्मीमा फोन चलाउँदा ध्यान दिनुपर्ने कुराहरु ,नभए दुर्घटना हुन सक्छ ………. विद्युतीय अपराध सम्बन्धी कसुरमा गाउँपालिका अध्यक्ष पक्राउ कांग्रेस–एमालेको सरकार बनाउनुको उद्देश्य अझै पूरा नभएको : योगेश भट्टराई जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध छ : मन्त्री यादव युक्रेनमा शान्ति नभए रूस विरुद्ध ‘कडा कारबाही’ गर्न अमेरिकालाई इयुको आग्रह राष्ट्र बैंकको गभर्नर कांग्रेस निकट पौडेललाई बनाउने सहमति वनमन्त्री शाही चीन प्रस्थान ‘गभर्नर नियुक्ति प्रक्रियाले चाँडै निकास पाउँछ’ तीन दशकमा पनि पूरा भएन वाग्मती स्वच्छ बनाउने जिम्मेवारी भिमफेदीमा गाडी दुर्घटना हुँदा १४ जना घाइते,३ जनाको अवस्था गम्भीर छिमेकी चीन नेपालको विश्वासिलो र भरपर्दो मित्र हो : परराष्ट्र सचिव राई ९० सालको भूकम्पमा भत्किएको लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण आगलागीका कारण रु ११ लाख बराबरको क्षति हरियो धनियाँमा अत्यधिक विषादी,४५ प्रतिशतभन्दा बढी खान अयोग्य ओझेलमा अनौठो कुवा भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै